• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here

१४ वैशाख, गुल्मी । नेकपा एमालेका सचिव गोकर्ण विष्टले आगलागी प्रभावितहरूको आवास निर्माणमा तीन तहको सरकार मिलेर काम गर्ने बताएका छन् ।

इस्मा गाउँपालिको सिदुङ्खा, हाडीखोला, मड्किना र कोटकोटरीका आगलागी प्रभावितहरूलाई भेट्न पुगेका विष्टले संरचना पुनर्निर्माणको प्रक्रियालाई छिटो सक्न आफूले पहल गर्ने प्रतिवद्धता जनाएका हुन् ।

गत शनिबार बिहान जंगलमा लागेको आगो हावाहुरीका कारण बस्तीमा पुगेको थियो । बस्तीमा आगलागी हुँदा इस्माका मात्रै २६ घर र ४९ गोठ जलेर पूर्ण रूपमा नष्ट भएका थिए ।

प्रतिनिधि सभा सदस्य समेत रहेका विष्टलाई इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले आगलागीबाट भएको क्षति, राहत र उद्धारको कामको बारेमा जानकारी गराएका थिए । तत्काल खानेपानी, अस्थायी आवास लगायतका काम गरेको र घर निर्माणका लागि तत्काल प्रतिघर एक लाखका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको उनले बताए ।

अध्यक्ष खड्काका अनुसार आगलागी पीडितले घर निर्माणका लागि संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा चार लाख रुपैयाँ पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

Adblock test (Why?)